रजक र महर्जनको परिवारलाई जनही पाँच लाख दिने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । फरार रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंले चैत १५ तीनकुने प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ५–५ लाख दिने घोषणा गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका प्रसाईंले रजक र महर्जनको परिवारलाई ५–५ लाख दिने घोषणा गरेका हुन् । उनले भने, ‘तीनकुने प्रदर्शनमा दुई जना एक जना पत्रकार सुरेश र सविन महर्जनको मृत्यु भएको छ । उहाँहरुको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा गर्दछु । म बाहिर आएपछि म दिन्छु । जसको गोलीले पनि मान्छे मर्नु हुँदैनथ्यो । सरकारले दिन्छ दिँदैन । तर म दिन्छु ।’