कच्ची सडकले यात्रुलाई सास्ती


०३:५४ बजे

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ कर्णाली करिडोरको कच्ची सडकका कारण यात्रुले सधैँ सास्ती खेप्नुपरेको छ। हिउँदयाममा सुक्खा पहिरो र वर्षायाममा पहिरो जाँदा उक्त सडकखण्डमा यात्रुले  समस्या भोग्दै आएका छन्। नेपालगञ्ज, सुर्खेतलगायतका सहरबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारीसाधन दैनिक ओहरदोहर गरिरहन्छन् । कच्ची सडकका कारण सवारीसाधन दिनहुँ बिग्रदा पनि थप सास्ती हुने गरेको छ ।

धुलाम्मे सडकका कारण हुम्लाबाट कालीकोटसम्मको यात्रामा यात्रुले बडीजसो सास्ती खेप्नु परिरहेको यात्रु रमिता शाहीले बताइन् । कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १३२ किलोमिटर सडकमा बढी समस्या हुने गरेको छ । कतिपय क्षेत्रमा ढुङ्गा बिछ्याएर सवारीसाधन सञ्चालनमा ल्याउनुपर्ने अवस्था छ । यो क्षेत्रमा खाना बस्नसमेत  समस्या हुनेगरेको छ। 

नेपालगञ्जबाट सिमकोट पुगेकी बाँचु महतले भनिन्, ‘कतै सुक्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकले यात्रा कठिन भयो । केही ठाउँमा सडक फराकिलो भए पनि अधिकांश ठाउँमा यातायातका साधन ओहरदोहर गर्न समस्या छ।’  कालीकोटको सान्नी घाट, रास्कोट, बाजुराको जगन्नाथ गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यातायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्ने गरेका छन्। यहाँ सडक स्तरोन्नति गर्न जरुरी छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७