आज एकै दिन शिक्षक, राप्रपा, सहकारी र लघुवित्त पीडितको सडक प्रदर्शन

ट्राफिक प्रहरीले गर्‍यो यातायात ‘डाइभर्सन’


०३:१८ बजे
फाइल फोटो

काठमाडौं । आज (मंगलबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सडक आन्दोलन हुँदैछ । आज एकै दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  सहकारी र लघुवित्त पीडितले प्रदर्शन गर्ने भएपछि काठमाडौंको  सवारी आवागमन प्रभावित हुने भएको हो । 

गत बुधबारदेखि शिक्षकहरुले विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघरबाट बानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । प्रदर्शनस्थलमा ठूलो संख्यामा शिक्षकको सहभागी भए पनि आन्दोलन शान्तिपूर्ण रहेको छ । सहकारी र लघुवित्त पीडितले शान्तिबाटिकामा कार्यक्रम गर्ने गरेका छन् ।

यसैबीच आज राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने भएको छ। बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जनाएको छ । कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

डाइभर्सन गरिने मुख्य स्थानहरु :-
– खसीबजार – मकालु – कलंकी चोक– बाफल
– बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
–  किर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
– त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाईला,
–चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।

प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराउँदै बल्खुमा आन्दोलनरत पक्षलाई पार्किङको समेत जानकारी गराएको छ । 

पार्किङ्ग गर्ने स्थानहरु :
त्रिवि गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
 चोभार सुख्खा बन्दरगाह
 नयाँबसपार्क
सीतापाईला – बाफल सडक खण्डमा एक लाइन
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७