प्रधानमन्त्रीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।
ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वारको निर्माण तथा सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मंगलबार १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । उनले भने, ‘प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।’