राप्रपाको बल्खु प्रदर्शन : काठमाडौंका यी स्थानमा सवारी ‘डाइभर्सन’


११:०९ बजे
सोमबार साँझ सभास्थल बल्खु क्षेत्र अवलोकन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौंको बल्खु क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ। विभिन्न स्थानबाट र्‍याली निकाली बल्खुमा विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । कार्यक्रमलाई मध्यनजर गर्दै त्यस अवधिभर आवश्यकताअनुसार सवारी साधनलाई ‘डाइभर्सन’ को व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, खसीबजार–मकालु–कलंकी चोक–बाफल, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक–टेकु, कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा सवारी डाइभर्सन गरिने छ । आवश्यक परेमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सीतापाइला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुन सवारीसाधन लिएर आउने व्यक्तिहरूका लागि त्रिवि गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुक्खा बन्दरगाह, नयाँबसपार्क र सीतापाइला–बाफल सडकखण्डमा पार्किङको व्यवस्था मिलाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७