बालेनको सचिवालयले भन्यो–एम्बुलेन्स खरिदमा घोटाला भएको छैन


११:०८ बजे

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ । आज (सोमबार) मेयर बालेनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्ट पारेको हो ।

सचिवालयले भनेको छ, ‘खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ उक्त सामग्री पूर्वाग्रहपूर्ण र भ्रामक छ । उजुरी परेको तथ्य बङ्ग्याइएको छ । तोडमोड गरिएको छ । यसरी सार्वजनिक गरिएका विषय असत्य छन् । तथ्य बाहिर छन् ।’

यसअघि विभिन्न सञ्चारमाध्यममा एम्बुलेन्स खरिदमा घोटाला भएको समाचार प्रकाशित भएका थिए । त्यसको खण्डन गर्दै विज्ञप्तिमा थप भनिएको छ, ‘यसरी विषय पुष्टि नभइ प्रकाशन भएका सामग्रीले पदाधिकारीको मानमर्दन भएको छ । सार्वजनिक छविमा भ्रम सिर्जना भएको छ । निराधार, झुटा विवरणले महानगरपालिकाका प्रमुख, स्वकीय सचिव र पदाधिकारीको चरित्र हत्या भएको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७