रुखको फेदमा अडेस लागेको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका


१०:५७ बजे
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको धरानस्थित जंगल क्षेत्रमा रुखको फेदमा अडेस लागेको अवस्थामा एक महिलाको शव भेटिएको छ । सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।

गोठालो गएकाहरूले जंगलभित्रको लसुनेको रुखमुनी अडेसा लागेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरी शव जंगलमा छाडेको जस्तो देखिएको प्रहरीले बताएको छ । ३०– ३५ वर्षको जस्तो देखिने महिलाको घाँटीमा चोट छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले शव भेटिएपछि अनुसन्धान सुरु गरेको बताए । शवको पहिचानको प्रयास भइरहेको बताउँदै उनले घटनास्थलबाट शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए। शव भेटिएपछि घटनास्थलमा प्रहरीको फरेन्सिक विज्ञसहितको प्राविधिक टोलीले कुकुर पनि प्रयोग गरेको थियो । घटना शंकास्पद भएकाले सुक्ष्म रुपमा अनुसन्धान भइरहेको तिम्सिनाले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७