अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी


०२:४२ बजे

काठमाडौँ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायममुकायम गभर्नर तोकेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको हो । 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले वरीयताका हिसाबमा डेपुटी गभर्नर ढुंगानालाई स्वतः कामुको जिम्मेवारी दिएको हो । 

आजै अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका छ । मन्त्रिपरिषदले आज गभर्नर नियुक्त नगर्ने सम्भावाना देखिएपछि राष्ट्र बैंकले कामुको जिम्मेवारी नीलमलाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले शुक्रबार नै विदा लिइसकेका छन् । उनको ५ वर्षे कार्यकाल २५ गते सकिएको थियो। राष्ट्र बैंक गएको ३६ घण्टादेखि गभर्नरविहीन छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७