काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यु


२०८१ चैत १५ शुक्रबार १३:१३ बजे

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा  कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति  कर्फ्यु आदेश जारी गरिएको हो । प्रशासनल गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कफ्र्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि  कर्फ्यु आदेश जारी गरिएको छ ।

यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि  कर्फ्यु आदेश जारी गरिएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कफ्र्यु आदेश गरेको हो । कफ्र्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो । राजावादीको प्रदर्शन अराजक बनेपछि प्रशासनले  कर्फ्यु लगाएको हो ।

‘...स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी  कर्फ्यु आदेश जारी गरिएको छ’, प्रशासनले भनेको छ ।

हेर्नुस् सूचना
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७