राजावादी प्रदर्शनकारीले जलाए प्रहरीको गाडी

काठमाडौं । काठमाडौंको पेरिसडाँडा नजिक नेपाल प्रहरीको गाडीमा आगजनी भएको छ । राजावादी समर्थक प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गरेका हुन् । आगलागी भएको सरकारी गाडीको नम्बर खुल्न सकेको छैन।
प्रदर्शनकारीहरू तीनकुनेबाट कोटेश्वरतर्फ अगाडि बढेपछि गल्लीमा लुकेर बसेको प्रहरीले उनीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि आक्रोशित भीडले गाडी तोडफोड गर्नुका साथै आगजनी गरेको थियो।
प्रदर्शनकारीले तीनकुनेबाट सुरक्षाकर्मीको बोकेको बन्दुक समेत खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले बिहानैदेखि उग्र प्रदर्शन गरेका थिए ।