तीनकुनेमा हवाई फायर


२०८१ चैत १५ शुक्रबार १३:३४ बजे

काठमाडौ । तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर गरेको छ । राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी गरेपछि आगो निभाउन दमकल गएको थियो ।  

आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो । प्रशासनले राजावादी समर्थकका लागि तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने क्षेत्र छुट्याएको थियो । तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । 

प्रहरीमाथि जबर्जस्ती दुर्गा प्रसाईंको पछुवा गाडी कुदाएका थिए । त्यसपछि भीडलाई तितरवितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शनकारी झन् आक्रामक भएर व्यक्तिको घरमा ढुङ्गामुढा र तोडफोडमा उत्रिएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७