पदभार ग्रहणपछि हितेन्द्र शाक्यले भने–मेरा लागि अवसर हो, निष्पक्षता दिनेछु


२०८१ चैत १२ मंगलबार ०५:३१ बजे

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। सोमबार मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका शाक्यले मंगलबार साँझ प्राधिकरणको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्ति पत्र बुझेपछि उनी पदभार ग्रहण गर्न नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका हुन् । उनको स्वागतको लागि कर्मचारीहरू प्रवेशद्वारमा लामबद्ध भएर बसेका थिए ।

उनले कार्यभार सम्हाल्दै सरकारले आफूलाई अवसर दिएको र त्यसलाई निष्पक्षताका साथ पूरा गर्ने बताए । उनी यसअघि २०७७ माघ २८ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७