सरकारले फेरि अघि बढाउँदै भूमि अध्यादेश


२०८१ चैत १२ मंगलबार ०५:३९ बजे

काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताको आज (मंगलबार) को बैठकमा संघीय संसदमा विचाराधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पुर्‍याउन पहल गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा भएको बैठकमा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको हो।

बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको थियो।बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए ।

आजको छलफलमा भूमि अध्यादेशमा असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव उपस्थित भएनन् । उनी काठमाडौँ बाहिर भएकाले यसबारे विस्तृत छलफल बुधबार मात्रै हुने लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा श्रममन्त्री शरतसिंह भण्डारीले जानकारी दिए । ‘भूमिसम्बन्धी अध्यादेशअघि बढाउनेबारे छलफल भएको हो, पाँच वटा अध्यादेश यसअघि नै पास भयो । अब भूमिसम्बन्धी अध्यादेश कसरी लैजाने भन्नेबारे कुरा भयो’, उनले भने ।

यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए । त्यसपछि सरकारले भूमि अध्यादेश रोकेर अन्य अध्यादेश अघि बढाएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७