सिंहदरबार छिर्न खोजेपछि कुलमानका समर्थक पक्राउ

काठमाडौं । ऊर्जामन्त्रीको राजीनामा माग र कुलमान घिसिङको समर्थनमा सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका युवाहरूलाई प्रहरीले पक्राउ परेको छ । निषेधित क्षेत्र सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने नेकपा बहुमतका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । उनीहरूले ऊर्जामन्त्री दीपक खड्काको विरोधमा नाराबाजी पनि लगाएका थिए ।
कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको विरोध गर्दै नेकपा बहुमतका युवाहरूले सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले ऊर्जामन्त्रीलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनकारीले ऊर्जामन्त्रीको राजीनामा माग गर्दै सरकारविरोधी नारा लगाएका थिए ।