बालुवाटारमा सत्ता गठबन्धनको बैठक


२०८१ चैत १२ मंगलबार ०५:२८ बजे

काठमाडौं । सरकारमा रहेका र सरकालाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राई सहभागी छन् ।

त्यस्तै गृहमन्त्री रमेश लेखक र श्रममन्त्री शरतसिंह भण्डारी पनि बैठकमा सहभागी छन् । त्यस्तै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि बैठकमा सहभागी छन् । सरकारले सोमबार साँझ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयपछि सरकारको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बोलाएका हुन् ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७