रोकिराखेको हायस अचानक गुडेपछि दुर्घटना : एक युवतीको मृत्यु, नौ जना घाइते 


२०८१ चैत १० आइतबार २१:०४ बजे

चितवन । चितवनबाट यात्रु लिएर काठमाडौं आएको हाइस गाडी नागढुङ्गामा दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । ग १ ख ५५४६ नम्बरको  हाइस चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानमा आइतबार अपरान्ह ५ बजे दुर्घटनामा परेको हो ।

रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकी २५–२६ वर्षीया युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।  त्यस्तै चितवन कालिका नगरपालिका– ७  घर भएकी  ६८  वर्षीया तारादेबी कुमाल गम्भीर घाइते भएकी छिन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको  छ । 

त्यस्तै, काठमाडौं– १५ की ३३ वर्षीया बिन्दु देवकोटा, उनका  ३० महिनाका छोरा दिव्यन पोख्रेल,  चितवन भरतपुर–६ की ४९ वर्षीया अनिता थापा, उनकी १७ वर्षीया छोरी एरिसा थापा, भरतपुर–४ का ३७ वर्षीय मोहित गुरुङ, कालिका–७ की २५ वर्षीया सीमा कुमाल, उनका ६ वर्षीय छोरा इसान कुमाल र सर्लाहीका कुसुम राई पनि घाइते भएका छन् । गाडी चालक नुवाकोट बेलकोटगढी घर भएका राजेश गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताए । घाइतेमध्ये केही डिस्चार्ज भएको प्रहरीले जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७