राजतन्त्रको कुरा गर्नुको औचित्य छैन : उपप्रधानमन्त्री सिंह


२०८१ चैत २ शनिबार १५:५४ बजे
फाइल फोटो

पाल्पा । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई संकटबाट जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गठबन्धन सरकार निर्माण गरेका स्पष्ट गर्दै त्यो तत्कालीन परिस्थितिको उपज भएको बताएका छन् । 

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटमा उनले आर्थिक उन्नयनलगायत राष्ट्र निर्माणका गतिविधि शून्यप्रायः भएपछि गठबन्धन सरकार बनेको वास्तविकता सुनाउँदै उनले  त्यो परिस्थितिको उपज भएको बताए । 

देश संकटोन्मुख हुँदा सधै‌ नेपाली कांग्रेसले अग्रपंक्तिमा रहेर काम गरेकोे उल्लेख गर्दै उनले संकटबाट देशलाई जोगाउन एमालेसँग गठबन्धन गर्नुपरेको बताए । जनताले परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार हुनुपर्नेमा उनले जोड दिए । उनले कम बोल्ने र अधिक काम गर्ने समय भएको बताए । 

फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले पूर्व विशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको स्पष्ट गरे। राजावादीका गतिविधि बढे पनि राजतन्त्रका बारेमा कुरा गर्नुको कुनै औचित्य नभएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच एकता हुनुपर्नेमा उनको जोड थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७