अमेरिकाद्वारा भारतीय विद्यार्थीको भिसा रद्द


२०८१ चैत २ शनिबार १६:११ बजे

काठमाडौं । अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययनरत भारतीय विद्यार्थी रञ्जनी श्रीनिवासनको भिसा रद्द गरिएको छ । अमेरिकी गृह सुरक्षा विभागले रञ्जनी ‘हिंसा–आतंकवादलाई प्रवर्द्धन’ गर्ने र हमासलाई समर्थन गर्ने गतिविधिहरूमा संलग्न रहेको आरोप लगाउँदै उनक भिसा रद्द गरिएको हो । भिसा रद्द भएपछि रञ्जनीले अमेरिका छोडेकी छिन् ।

विभागका अनुसार रञ्जनीलाई शहरी योजनामा विद्यावारिधि गर्न एफ–१ विद्यार्थी भिसामा कोलम्बिया विश्वविद्यालयमा भर्ना गरिएको थियो । अमेरिकी विदेश विभागले मार्च ५ मा उनको भिसा रद्द गर्‍यो । रञ्जनी मार्च ११ मा एक्लै अमेरिकाबाट निस्किइन् । विभाग सचिव क्रिस्टी नोएमले भनिन्, ‘यदि कुनै व्यक्तिले हिंसा र आतंकवादलाई समर्थन गर्छ भने उसलाई यो देशमा बस्न अनुमति दिनु हुँदैन ।’

गत हप्ता ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयविरुद्ध कडा कारबाही गर्‍यो र ४० करोड अमेरिकी डलरको अनुदान रद्द गर्‍यो । प्रशासनले विश्वविद्यालयले यहूदी विद्यार्थीहरूमाथि हुने उत्पीडन रोक्न असफल भएको आरोप लगाएको छ । यो कारबाही अमेरिकी शिक्षा विभाग, स्वास्थ्य तथा मानव सेवा विभाग, न्याय विभाग र सामान्य सेवा प्रशासनको यहूदी विरोधी प्रतिरोध विरुद्धको संयुक्त कार्यदलले गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी विद्यार्थीहरूको सुरक्षा गर्न र विरोध प्रदर्शनलाई अनुमति दिन असफल हुने विश्व विद्यालयहरूलाई संघीय अनुदान रोक्ने धम्की दिएका छन् । कोलम्बिया विश्वविद्यालयको न्यायिक बोर्डले गाजा विरोध प्रदर्शनका क्रममा ह्यामिल्टन हल कब्जामा संलग्न विद्यार्थीहरू विरुद्ध कडा कारबाही गरेको छ ।

अमेरिकी अध्यागमन विभागका अधिकारीहरूले वेस्ट बैंकबाट प्यालेस्टिनी विद्यार्थी लेका कोर्डियालाई पक्राउ गरेका छन्। लेका २०२२ देखि अमेरिकामा विद्यार्थी भिसाको म्याद सकिएको अवस्थामा बस्दै आएकी थिइन् । कोलम्बिया विश्वविद्यालयमा हमास समर्थक प्रदर्शनमा भाग लिएको आरोपमा उनलाई अप्रिल २०२४ मा हिरासतमा लिइएको थियो ।

यसबाहेक, ट्रम्प प्रशासनले कोलम्बिया विश्वविद्यालयका स्नातक विद्यार्थी महमूद खलीललाई पक्राउ गरेको छ ।खलीलमाथि इजरायल विरोधी प्रदर्शनमा भाग लिएको आरोप छ । अध्यागमन अधिकारीहरूले खलीललाई हिरासत केन्द्रमा पठाएका छन् । खलील प्यालेस्टाइनी मूलका हुन् । उनी संयुक्त राज्य अमेरिकाका स्थायी बासिन्दा पनि हुन् । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७