‘अब पनि राजसंस्थालाई निषेध गर्ने हो भने देश नसोचेको बाटोमा जान्छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अब पनि राजसंस्थालाई निषेध गर्ने हो भने देश नसोचेको बाटोमा जाने बताएका छन् ।
‘ठूला पार्टीका ठूला नेताले राजसंस्थाबारे हिजो प्रचण्डले प्रयोग गरे जस्तो तुच्छ शब्दहरू प्रयोग गर्ने र अब पनि राजसंस्थालाई निषेध नै गर्न खज्ने हो भने देश नसोचेको बाटोमा जानेछ,’ मिश्रले शनिबार (आज) बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले नेपालको परिप्रेक्षमा लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नभइ ‘उन्नत प्रजातन्त्र’ भएको पनि बताएका छन्।यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ र ‘मूर्ति चोर’ को संज्ञा दिँदै धेरै चुरीफुरी नगर्न चेतावनी दिएका थिए ।