थापा र लिङ्देनलाई दुर्गा प्रसाईंको कटाक्ष : गणतन्त्रको भोज खाने, माहोल बनेपछि ढोक्सा थाप्ने ?


२०८१ फाल्गुण २७ मंगलबार ०७:२७ बजे
फाइल फोटो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापामाथि खनिएका छन् । पूर्वराजा पोखराबाट काठमाडौं आउँदा आइतबार स्वागत भएको विषयलाई राप्रपा र राप्रपा नेपालले आफूहरूले गरेको जस लिन खोजेपछि दुर्गा प्रसाई उनीहरुमाथि खनिएका हुन् ।

भक्तपुरस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गर्दै प्रसाईले राजसंस्था जानुको सबैभन्दा ठूलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् । प्रसाईले भने, ‘२०७२ मा संविधान ल्याउँदा राप्रपा भन्ने पार्टी, त्यसका अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेको थिएन भने नि न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो । राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न खोजे । म कसैको गोठालो होइन । राजाले पनि धैर्य भएर सोच्नु होला । तपाईले कलियुगमा दुर्गा प्रसाई जत्तिको अर्जुन भेट्टाउनु हुन्न । तपाईंले सारथीहरू देखिसक्नु भयो । गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने ।’

पूर्वराजालाई विगतमा र भविष्यमा पनि सचिवालयले सिध्याउने उनको भनाइ थियो । प्रसाईले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।  प्रसाईंले आफूले पाँच हजार जनालाई रोजगारी दिएको उल्लेख गर्दै आन्दोलनमा आउनुपर्‍यो भन्नेले कतिलाई रोजगारी दिएको छ भन्ने पनि प्रश्न गरेका छन् । राप्रपा महामन्त्री धवल शम्शेर राणाले चैत १ गतेदेखि आन्दोलन गर्नुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७