स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले नियुक्त


२०८१ फाल्गुण २७ मंगलबार २३:४८ बजे

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् । सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक सिफारिस गर्न गठित समितिले काफ्लेका साथै कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो । विकास अर्थशास्त्री काफ्ले गण्डकी प्रदेशको नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले यसअघि उनलाई स्वास्थ्य बिमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा गठित समितिमा सदस्य बनाएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७