पाँच दिनअघि सुतेकै ठाउँबाट बेपत्ता महेश मृत भेटिए


१५:०३ बजे

तनहुँ । घरमा सुतेकै ठाउँबाट पाँच दिनदेखि बेपत्ता तनहुँ भीमाद नगरपालिका–२ धरमपानीका ३६ वर्षीय महेश सुवेदी मृत भेटिएका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहानदेखि बेपत्ता थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी गरेका थिए । भीमाद वडा नम्बर–२ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा उनी मृत भेटिएका हुन् ।

राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए । उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताए लगत्तै मोबाइल अफ भएको थियो । उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो । सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ र बिहीबार नै उनको शव देवघाट पुर्‍याएर अन्तेष्टि गरिने परिवारले जनाएका छन् ।

उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए । महेश, ठूली छोरी र आफू कावासोती बस्दै आएका थिए भने सानी छोरी र श्रीमती लमजुङ बस्दै आएका छन् । महेशकी श्रीमती स्वास्थ्यकर्मी हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७