प्राविधिक प्रहरी समूहका ३६ जना सईमा बढुवा सिफारिस सूचीसहित)


०९:२४ बजे

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समूहतर्फका ३६ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह नर्सिङ, अन्य , सञ्चार, कम्प्युटर, केनाईन, प्यारामेडिक्स, आतभौ र संगिततर्फको असईहरुलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा नर्सिङतर्फका तीन जना, स्वास्थ्य उपसमूह, अन्यतर्फका एकजना, सञ्चारतर्फका २१ जना र कम्प्युटरतर्फका दुई जना रहेका छन् । यस्तै केनाईन उपसमूहतर्फका एक जना, प्यारामेडिक्सतर्फका दुई जना, आवास तथा भौतिकतर्फका चारजना र संगित उपसमूहका दुई जनालाई पनि सई पदमा बढुवा सिफारिस गरिएको छ । बढुवाका लागि सिफासिर सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको छ।

हेर्नुस् सूची


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७