बञ्चरो प्रहार गरी महिलाको हत्या

तनहुँ । तनहुँमा बञ्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
उनले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या गरेको तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए । बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् । शिव शंकरले बञ्चरो प्रहार गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।