प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त


१४:४१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त भएका छन् । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

‘प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा अग्नि खरेललाई नियुक्त गर्ने निर्णय गरिएको छ,’ ती मन्त्रीले सुनाए । खरेल यसअघि पूर्व महान्यायाधिवक्ता पनि थिए । झापाको गौरादह स्थायी घर भएका खरेललाई त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् । 

०६४ र ०७० मा संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानुनमन्त्री थिए । उनी हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य छन् । खरेलले ०४७ सालको संविधान निर्माणमा माधवकुमार नेपालको कानुनी सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए । नेपाल बार एशोसियसनका पूर्व महासचिव समेत रहेका खरेलको बार काउन्सिलमा कानुन व्यवसायी लाइसेन्स नम्बर १४९४ रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७