त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण प्रभावित


०९:०९ बजे

काठमाडौं । काठमाडौंमा चलिरहेको तीब्र बेगको हावाहुरीका कारण  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान र अवतरण आंशिक  प्रभावित भएको छ । करिब दुई घण्टादेखि चलिरहेको हावाहुरीले सबैजसो जहाज उडान र अवतरण हुन सकेका छैनन् ।

बुधबार साँझ चलेको हावाहुरीका कारण केही अन्तर्राष्ट्रीय उडान डाइभर्ट गर्न परेको विमानस्थल प्रमुख जगनाथ निरौलाले जानकारी दिएका छन् । उनका अनुसार भारतबाट आएको एयर इन्डिया र इण्डिगो एयरलाइन्सका दुई वटा विमान अवतरण हुन नसकेपछि नयाँ दिल्ली डाइर्भट गरिएको छ । त्यस्तै चीनबाट आएको चिनिया विमान भैरहवा डाइभर्ट भएको छ ।

अहिले हावाहुरी रोकिइसकेकाले जहाज उडान र अवतरण हुने क्रम सुरू भइसकेको विमानस्थल प्रमुख निरौलाले जानकारी दिए । उनले भने, ‘टेलविण्ड २० सम्म पुगको थियो । टेलविण्ड भनेको जहाजको पछाडिको भागबाट आउने हावा हो । २० पुग्नु भनेको खतरा नै हो । जहाजले १८-२० टेलउइन पुग्दा जहाज ल्याण्ड गदैनन् । आन्तरिक उडानमा भने केही समस्या छैन । करिब आज ३ बजेदेखि साढे ५ बजेसम्म ल्याड हुन सेकेको थिएन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७