आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गर्दा मृत्यु


२०८१ फाल्गुण ४ आइतबार ११:५९ बजे

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा शनिबार राति चितुवाको आक्रमणमा परी एक साढे दुई वर्षीय बालकको मृत्यु भएको छ । घरको आँगनमा खेलिरहेका बालक बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई गुहार मागेका थिए। खोजतलासको क्रममा राति साढे नौ बजे बालकको शव भेटिएको थियो ।

प्रहरीका अनुसार नेपाल–भारत सिमास्थित कतरनियाघाट वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका–५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७