गुडिरहेको गाडीबाट हामफाल्दा युवकको मृत्यु


२०८१ चैत १ शुक्रबार ०१:४३ बजे

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मी प्रसाद उपाध्याय रहेका छन्। गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे १ ख १९०४ नम्बरको फोर्स गाडीको ढोकाबाट सडकमा हाम फाल्दा उनी घाइते भएका थिए ।

घाइते उपाध्यायलाई तत्काल उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगेकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । उनको शव हाल प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । गाडी चालक वीरेन्द्रनगर–१२ बस्ने २४ वर्षीय कुशल राना प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७