दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ


२०८१ माघ २८ सोमबार १०:०३ बजे

काठमाडौं । ‘दलितका लागि दलित’ अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

‘निषेधित क्षेत्रमा प्रवेश गर्न थालेपछि नियन्त्रणमा लिएका हौं,’ एसपी बोहोराले भने । सुनार गृहमन्त्री रमेश लेखकमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका छन् । अन्तरजातीय विवाह गरेका दलित युवामाथि अत्याचार गरेको आरोपमा गृहमन्त्री लेखकमाथि कारबाहीको माग गर्दै आएका छन् । 

सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको प्रेमविवाहमा गृहमन्त्री लेखकको निर्देशनमा छुटाउन खोजिएको आरोप छ ।  कानुनी रूपमा योग्य मानिएको विवाहलाई जातीय विभेद गर्दै छुट्टाउन भूमिका खेलेको समाचार बाहिरिएको थियो । त्योसँग दलित अभियान्ताहरूले गृहमन्त्री लेखकको राजीनामा माग्दै सडकमा प्रदर्शन गरिरहेका छन् ।

दलित अधिकारकर्मीहरूले सत्येन्द्र–नेहा जोडीलाई पक्राउ गर्न प्रहरीकै संलग्नतामा भारतसम्म टोली पठाइएको, उनीहरूलाई पटक–पटक झुट्टा मुद्दा लगाइएको जस्ता घटनाको विरोधमा सुनारले आन्दोलन चर्काएका छन् । उक्त जोडीलाई गत पुस ९ गते प्रहरीले पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतले उनीहरूकै पक्षमा फैसला गरिसकेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७