नेपालले दियो नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य


१६:३९ बजे

काठमाडौं । महिला टी–२० त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ । आज (बुधबार) मध्याह्न त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रन बनाएको हो । 

नेपालका लागि पूजा महतोले सर्वाधिक अविजित ६२ रन बनाइन् । उनले पाँच चौका प्रहार गरिन् । इन्दु बर्माले ३७ बलमा ३९ रन बनाइन् । रुबिना क्षेत्रीले १७ बलमा २० रन बनाइन् । यसअघि नेपालले नेदरल्याण्ड्स र थाइल्याण्डसँग दुई दुई खेल हारिसकेको छ । आफ्नै भूमिमा भएको सिरिजमा नेपाली महिला टोलीले यसअघि चारमध्ये एउटा खेल पनि जित्न सकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७