विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने टोलीको विदाइ


००:३२ बजे

काठमाडौं । दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई प्रस्थान गर्ने भएका छन् । बुधबारदेखि आगामी फागुन २ गतेसम्म हुने उक्त प्रतियोगितामा एक पुरुष र दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । 

प्रतियोगितामा नवराज कार्कीले पुरुष चार सय मिटर र एक हजार ५०० मिटर दौड, विलिशा अर्यालले महिला एक सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्बेले महिला दुई सय र चार सय मिटर दौड तथा लङजम्पमा सहभागी हुने छन् । यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङ्बु भोटे, प्रशिक्षकमा ओलम्पियन बिमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् । 

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, सदस्य अञ्जना श्रेष्ठ र पारा एथ्लेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आज यहाँ आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।  नेपाली टोली भोलि दुबई प्रस्थान गर्नेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७