किताब खानाका शाखा अधिकृत प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईलाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई,कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा बनाइ दिनका लागि विभिन्न बहान बनाइ तीन लाख घुस लिएको खुल्न आएको आयोगले जनाएको छ । उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो, कैद सजाय माग गरिएको आरोप–पत्रमा उल्लेख छ ।