म्याग्दीका जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ


१३:३३ बजे

म्याग्दी । म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख सहकारी ठगी मुद्दामा पक्राउ परेका छन् । सहकारी ठगी मुद्दामा जिसस प्रमुख राजकुमार थापा पक्राउ परेका हुन् । उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिनाको आरोप रहेको स्रोतले जानकारी दिएको छ। गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको प्रतिवेदन प्रहरीले बुझाएको थियो ।

सहकारीको रकम सञ्चालकले ढुकुटी खेलाउने, निजी स्कुल र घर जग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार थापाको संलग्नतामा १६ करोड रुपैयाँ हिनामिना भएको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय पोखराले हालै तयार पारेको यो सहकारीको वित्तीय विश्लेषण तथा छानबिन प्रतिवेदनमा उक्त सहकारीको निवर्तमान उपाध्यक्ष थापा पनि संलग्न रहेको खुलेको छ ।

प्रतिवेदनमा सहकारीको रकम हिनामिनामा रुद्रबहादुर गुरुङ, गेमबहादुर घर्ती मगर, यामबहादुर रोका, राजकुमार थापा, मनप्रसाद थजाली, रनमती गर्बुजा, गीता थापामगर, देबीकुमारी थापा, दुतकुमारी शेरपुन्जा, थमबहादुर गर्वुजा, नरबहादुर थापा, बालकुमार रोका, दिलबहादुर थापामगर, दिलिप राम्जाली संलग्न रहेको उल्लेख छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७