साना दललाई कमजोर बनाउने गरी संविधान संशोधन नगरौं : सांसद चौधरी


०२:५५ बजे

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गङ्गाराम चौधरी डगौराले आफ्नो दल संविधान संशोधनको पक्षमा भए पनि साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले सबै जातजाति, भाषा, धर्म, संस्कृतिको पहिचान जोगिने गरी संविधानको संशोधन गरिनुपर्ने बताए । साना दललाई थप कमजोर बनाउनेगरी संविधान संशोधन हुने हो कि भन्ने त्रास रहेको उनले उल्लेख गरे । 

सरकारले अध्यादेशमार्फत् केही कानुन संशोधन गरेकामा प्रशंसा गर्दै सांसद चौधरीले अध्यादेशका केही बुँदामा भने असहमति रहेको जानकारी दिए । भूमि सम्बन्धी अध्यादेशमार्फत ल्याइएका व्यवस्थाप्रति आफ्नो दलको असहमति रहेको उनको भनाइ छ । संसद्को चालु अधिवेशनलाई थप प्रभावकारी बनाउन सबैको सक्रिय भूमिका रहनुपर्नेमा उनले जोड दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७