आर्मीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको फाइनलमा


२०८१ माघ ११ शुक्रबार १८:५२ बजे

काठमाडौँ ।  त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 

सुपर–फोर’ को खेलमा एपीएफले आर्मीलाई ६९ रनले हरायो । एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याएको आर्मी १७ ओभरमा ४६ रन बनाउँदा अलआउट भयो । आर्मीकी राधिका पुजाराले १७, कप्तान लक्ष्मी साउदले १० रन बनाए । आर्मीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी रेखा रावलले ४ विकेट लिइन् ।

यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित १७ ओभरमा ३ विकेट गुमाएर १ सय १५ रन बनायो । एपीएफकी राजमती ऐरीले ३५, कविता जोशीले नटआउट ३४ रन बनाइन् । आर्मीकी सुष्मिता भुसालले २ विकेट लिइन् ।

एपीएफ सुपर–फोरमा २ वटै खेल जित्दै अपराजित रह्यो । एपीएफ समूह चरणमा पनि अपराजित रहेको थियो । आजै सुपर–फोरको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेश खेल्दैछन् । यो खेलपछि फाइनल पुग्ने अर्काे टोलीको टुंगो लाग्नेछ । फाइनल खेल भोलि हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७