बेलायतको अल्डरसटमा नेपाली कलाकारको नयाँ सुनचाँदी शोरुम


२०८१ माघ १० बिहीबार ०१:३५ बजे

काठमाडौं । बेलायतको अल्डरसटमा सुम्निमा ज्वेलरी एण्ड कलेक्सन नामक सुनचाँदीको नयाँ शोरुम खुलेको छ । पछिल्लो समय बेलायतमा स्थायी रुपमा बसोबास गर्न थालेका गायक श्याम सामसोहाङ राई र गायिका जानुका राई मिलेर व्यवसाय सुरु गरेका हुन् ।

बेलायतस्थित अल्डरसटमा नेपालिज ज्वेलरी एशोसियसनका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका अध्यक्ष योगेश कोयी राईको प्रमुख आतिथ्यमा ह्याप्सायर काउण्टीका काउन्सिलर बिल ओ डोनाभान तथा चर्चित नायिका तथा नाटयकर्मी सिर्जना सुब्बाले संयुक्त रुपमा उक्त सुनचाँदी शोरुमको उद्घाटन गरेका हुन् । लण्डनदेखि नजिकै रहेको अल्डरसट बसोबासका लागि मात्र नभई नेपालीहरुका लागि व्यापारिक केन्द्रको रुपमा समेत विकास हुँदै गइरहेको छ । त्यहाँ नेपालीहरुले दर्जनौ रेष्टुरेण्टदेखि किराना पसलहरु खोलेका छन् भने नेपालीहरुको करिब एक दर्जन सुनचाँदीका पसलहरु सञ्चालनमा छन् ।

नेपालीहरु पहिल्यदैखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरुले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरु आकर्षित भएकाले सुनचाँदी व्यवसाय गरेको गायक श्यामले जानकारी दिए । सुम्निमा ज्वेलरी एण्ड कलेक्सनमा सुनचाँदीका अलावा विभिन्न जातजातिका पोशाकदेखि हस्तकलाका सामाग्रीहरु समेत बेच्न राखिएको गायिका जानुका राईले बताइन् । उनले भनिन्, ‘हाम्रो पसलमा सुनचाँदी बाहेक हस्तकलाका सामग्रीहरुमा नेपालीहरुको शान खुकुरी, सबै जातजातिका पोशाक, साँस्कृतिक बाजालगायत विभिन्न शोभनिरका सामग्रीहरु सुफथ मूल्यमा बेच्न राखेका छौं ।

यहाँ पसलमा आएर तपाईहरुले छानी छानी किन्न सक्नु हुन्छ भने अनलाइनमार्फत विश्वभरी डेलिभरीको व्यवस्था समेत गरेका छौं ।’ गायिका जानुका राई मुन्दुमी गायिकाको रुपमा चर्चित छिन् भने उनले नेपाली कथानक चलचित्र बिनायोमा समेत पाश्र्व गायन गरिसकेकी छन् । त्यस्तै, गायक श्यामका मुर्चुङगामा रोए म साराङगीमा रेटिए, मैच्याङ हौ मैच्याङ हौं लगायत लोपप्रिय गीतहरु गाइसकेका गायक श्यामले भने, ‘आफूहरु नेपालमा पनि व्यवसायको थोरबहुत अनुभव लिएर आएको हुँदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन अलिकति लगानी ठूलो भएकाले त्यही अनुसारको आक्रमक व्यापारको रणनीति अपनाएर अगाडि बढ्छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७