कर्णाली प्रदेशसभाका संसदीय समितिले नौं महिनापछि पाए नेतृत्व


२०८१ माघ १० बिहीबार २३:५८ बजे

सुर्खेत । कर्णालीका संसदीय समितिले नौं महिनापछि नेतृत्व पाएका छन् । गत वैशाखदेखि नेतृत्वविहीन रहेका तीनवटा संसदीय समितिले नेतृत्व पाएका हुन् । नव निर्वाचित संसदीय समितिका सभापतिहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट, अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी दक्षिणा शाही र सामाजिक विकास समितिको सभापतिमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री चयन भएसँगै शपथ लिएका हुन् । उनीहरुलाई कार्यवाहक सभामुख यशोदाकुमारी न्यौपानेले शपथ गराएकी हुन् । यसअघि लेखा समितिको सभापति रहेका ऐमालेका जितबहादुर मल्लले १५ असोजमा राजीनामा दिएका थिए ।

यस्तै, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी साउन २० मा सामाजिक विकासमन्त्री बनेपछि उक्त समिति पनि सभापतिविहीन थियो । कर्णालीका चार संसदीय समितिमध्ये प्रदेश मामिला समितिको सभापतिमा भने एकीकृत समाजवादीका सांसद कल्याणी खड्का छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७