प्रधानमन्त्री कप महिला क्रिकेट : ‘सुपर–फोर’ मा एपीएफले बागमतीलाई हरायो


२०८१ माघ १० बिहीबार २०:१७ बजे

काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको छ । बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६ ओभर ५ बलमा १ विकेट पनि नगुमाई भेटायो ।

एपीएफकी ममता चौधरीले २३, राजमती ऐरीले १४ रन बनाइन् । यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनायो । खराब मौसमका कारण खेल १८ ओभरमा झारिएको थियो । बाग्मतीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २-२ विकेट लिए ।

प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ‘सुपर–फोर’ को दोस्रो खेलमा अहिले सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेलिरहेका छन् । आजदेखि शुरू भएको ‘सुपर–फोर’ मा एक समूहको टोलीले अर्काे समूहको टोलीसँग खेल्नेछन् । ‘सुपर–फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७