बैंकमा समस्या छैन, अफवाह नफैलाऔं : गभर्नर अधिकारी


२०८१ माघ १० बिहीबार ००:०६ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूमा समस्या नरहेको बताएका छन् । बिहीबार (आज) राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिक साधारणसभाको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्र बैंकले नियमन गर्ने कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा नपरेको जिकिर गर्दै उनले भने, ‘सधैँ उस्तै भन्ने हुँदैन । कहिलेकाहीँ कुनै बैंक वा वित्तीय संस्थामा समस्या देखिन सक्छ । तर, यसले सबै बैंक समस्यामा छन् भन्ने बुझाउँदैन । अफवाहमा लाग्नु भएन ।’ यस्तै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा हाल कर्जा असुलीमा समस्या देखिए पनि सो समस्या दीर्घकालीन नहुने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७