पेस्तोलसहित नेपाल छिरेका चार भारतीय पक्राउ


२०८१ माघ १० बिहीबार १७:५६ बजे

कञ्चनपुर । कञ्चनपुरबाट पेस्तोलसहित नेपाल छिरेका चार जना भारतीय नागरिक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधवार राति ९ः४५ बजे चारै जनालाई पेस्तोलसहित पक्राउ गरेको हो ।

भारतीय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सूचनापछि प्रहरीले उनीहरुमाथि चेकजाँच गरेको थियो । भीमदत्त नगरपालिका–६ ऐठपुरबाट पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट पश्चिम गड्डाचौकी तर्फ गइरहेको युके ०६ एआर ०८४६ नम्बरको कारलाई चेकजाँच गरिएको थियो ।

उक्त कार भारतको उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने ३४ वर्षीय जिवन सिँह जिमेवालले चलाएका थिए । सो कारलाई चेकजाँच गर्दा चालक सिट पछाडीको खल्तीमा लुकाई छिपाई राखेको जेजिएस कल ९ एमएम पिएके जोराकी मोड ९१४, ०६१५–००७६१९ लेखिएको म्याग्जिन, कभर सहितको पेस्तोल फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७