आशिका तामाङ थप पाँच दिन हिरासतमै रहने


२०८१ माघ ८ मंगलबार १६:३६ बजे

काठमाडौं । आशिका तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो पटक पाँच दिनको म्याद दिएको थियो ।

पहिलो पटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रो पटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । आशिकाविरुद्ध प्रहरीले अभद्र मुद्दामा अनुसन्धान गरिरहेको छ ।

आशिकाविरुद्ध प्रहरी वृत्त गौशालाको टोलीले अनुसन्धान गरिरहेको छ । गएको पुस २६ गते पशुपति क्षेत्र विकास कोषका कर्मचारी र महिला प्रहरीमाथि दुव्र्यवहार गरेको उनीविरुद्ध आरोप छ । अभद्र व्यवहारको कसुर प्रमाणित भए जिल्ला प्रशासन कार्यालयले आशिकालाई १० हजार रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजाय तोक्न सक्ने कानुनी व्यवस्था छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७