अमेरिकामा महिला र पुरूष मात्रै छन् : ट्रम्प


२०८१ माघ ८ मंगलबार १४:२६ बजे

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे । ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

शपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फस्र्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा उनले अमेरिकामा महिला र पुरुष लिङ्ग मात्रै पहिचान हुने घोषणा गरेका छन् । ट्रम्पले भने, ‘आजदेखि अमेरिकी सरकारका लागि दुई लिंग मात्र हुनेछ, पुरुष र महिला । म सबै सरकारी सेन्सरशिप तुरुन्तै अन्त्य गर्न र अमेरिकामा अभिव्यक्ति स्वतन्त्रता पुनर्स्थापित गर्न कार्यकारी आदेशमा पनि हस्ताक्षर गर्नेछु ।’

किन भने चुनाव प्रचारका क्रममा ट्रम्पले ट्रान्सजेन्डर समुदायविरुद्ध उनले बयान दिएका थिए । ट्रम्पका रक्षामन्त्री पिट हेगसेथले सेनामा महिला र ट्रान्सजेन्डरलाई समावेश गर्दा अमेरिकाको सुरक्षा प्रणाली कमजोर भएको बताउँदै आएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७