पोखरा महानगरमा कांग्रेसको तालाबन्दी


२०८१ माघ ७ सोमबार ०२:३८ बजे

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत करारका कर्मचारी विवादले नगरसभा अवरूद्ध भएको छ । अवरोधपछि नेपाली कांग्रेसले महानगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको छ  । महानगरपालिकाले बोलाएको १६ औं नगरसभा सुरू हुनासाथ एमालेका जनप्रतिनिधिले नाराबाजी गर्दै बहिष्कार गरेपछि मेयर धनराज आचार्यले नगरसभा स्थगित गरेका थिए ।

दिउँसो २ बजे सुरू भएको नगरसभा अवरूद्ध भएपछि मेयर आचार्यले दिउँसो सवा ४ बजेका लागि बोलाएका थिए । दिउँसो पनि एमालेका जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेपछि मेयर आचार्यले माघ १० गते दिउँसो २ बजेसम्मका लागि महानगरको हिउँदे अधिवेशन स्थगित भएको छ । 

एमालेले करारका कर्मचारी हटाउने लगायत यसअघि विशेष अधिवेशनले गरेका निर्णय कार्यान्वयनमा विषय उठाएर नगरसभा अवरूद्ध गरेको थियो । एमाले पोखरा महानगर संसदीय दलका नेता राधिका शाही योगीले विशेष नगरसभाले गरेका ९ वटा निर्णय अक्षरंशः कार्यान्वयन गर्न माग गर्दै नगरसभा बहिष्कार गरेको बताइन् । ‘विशेष नगरसभाले ९ वटा निर्णय गरेको थियो । त्यो निर्णय कुनै लागि हुने, कुनै नहुने अवस्था देखियो,’ उनले भनिन्, ‘सबै निर्णय अक्षरंशः पालना गर्नुपर्छ र कार्यान्वयनमा लैजानुपर्छ भनेर हामीले नगरसभा बहिष्कार गर्‍यौं ।’ 

करारका कर्मचारी हटाउने विषय पनि सबैलाई लागू नभएको, कर्मचारी र जनप्रतिनिधि विदेश भ्रमणसम्बन्धी कार्यविधि नल्याएको, कुल बजेटको २५ प्रतिशत रकमान्तर गर्न खोजेको तर कुन शीर्षकमा कति रकम रकमान्तर गर्ने भनेर सूची नदिएको लगायतका एजेण्डा राखेर नगरसभा बहिष्कार गरेको उनले बताइन् । पोखरा महानगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ भने नगरसभामा नेकपा एमालेका जनप्रतिनिधिको बहुमत छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७