ह्वाइट हाउसमा बाइडेनले गरे ट्रम्पलाई स्वागत


२०८१ माघ ७ सोमबार ०२:४५ बजे

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । अमेरिकाको ४७ औं राष्ट्रपतिको सपथ लिनुअघि ट्रम्पले बाइडेनसँग भेटवार्ता गरेका हुन् ।

ट्रम्प सोमबार ह्वाइट हाउसको उत्तरी पोर्टिकोमा रहेको बाइडेन निवासमा पुगेका थिए । उनी पुगे लगत्तै बाइडेनलाई स्वागत गरेका थिए । उनीहरूबीच ‘चिया गफ’ भएको एजेन्सीहरूले उल्लेख गरेका छन् । पत्रकारहरूले बाइडेनलाई ह्वाइट हाउसमा अन्तिम दिन कस्तो महसुस भइरहेको भनेर सोधेका थिए ।

उनले ‘राम्रो’ मात्र भनेर उत्तर दिएका थिए । अमेरिकामा नव निर्वाचित र वर्तमान राष्ट्रपतिबीच चिया परम्परा रहँदै आएको छ । सन् १८३७ मा राष्ट्रपति मार्टिन भ्यान बुरेन र एन्ड्रयू ज्याक्सनबाट यो परम्परा सुरु भएको थियो । तर, २०२१ मा बाइडेन राष्ट्रपति निर्वाचित हुँदा ट्रम्पले चिया परम्परालाई तोडेका थिए । उनले बाइडेनलाई चिया निम्तोमा नबोलाई सत्ता हस्तान्तरण गरेका थिए । एजेन्सी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७