आक्रमण गर्नेलाई म पनि दुई–चार मुक्का लगाउने पक्षमा थिएँ : पूर्व मुख्यमन्त्री थापा


२०८१ माघ ७ सोमबार ०२:३८ बजे
फाइल फोटो

मोरङ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले सुरक्षा हिसाबले प्रदेशमा चुनौती बढेको बताएका छन् ।

आफूमाथिको हातपातको विषय उठाउँदै उनले सुरक्षाको विषयमा प्रदेश संवेदनशील बन्नु पर्ने सुझाव दिएका छन् । आफूमाथि भएको आक्रमण नियोजित नभएको उनले बताए । उनले आफूमाथिको आक्रमण कुनै नियोजित घटना नभएकाले मुद्दा नबनाऊँ भनेको बताए ।  

उनले भने, ‘घर जान हतार थियो, अलिकति अगाडि जाऊँ, चाँडै जाऊँ भनेर अगाडि बढ्न खोज्दै गर्दा मेरो चालकले हर्न बजाए, साइड मागे, मभन्दा अगाडि हिंड्ने गाडीले साइड दिन चाहेन ।’ डाइभर्सनमा पुगेपछि गाडी रोकेको बताउँदै उनले सेक्युरेटीले साइड किन नदिएको भन्दा आक्रमण भएको बताएका छन् । साइड किन नदिएको भनेर राम्ररी नै सोध्दा पनि भीआईपीलाई किन साइड चाहिने भन्दै जवाफ आएको थापाले बताएका छन् ।

‘भीआईपीलाई साइड दिनु भएन ठिकै छ तर सडकमा त भीआईपी मात्रै होइन, अरु पनि हिंड्छन्, सडकको त नियम पनि हो नि भन्ने कुरा राख्दा मेरो सेक्युरिटीलाई पन्छाएर मलाई हानेको हो’ उनले भने, ‘... सदनलाई नढाँटी भन्नुपर्छ, म पनि २–४ मुक्का चाहिँ लगाउने हिसाबमा थिएँ, तर मलाई साथीहरूले रोक्नु भयो ।’ उनले आफूमाथि योजनाबद्ध घटना नभएका कारण उजुरी पनि नदिएको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७