पार्टी एकताका लागि लोसपाले बनायो वार्ता समिति
काठमाडौ । मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग एकता संवाद गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दुई सदस्यीय वार्ता टोली बनाएको छ । लोसपाले आइतबार दुई सदस्यीय वार्ता टोली गठन गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् । वार्ता टोलीमा वरिष्ठ सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण छन् ।
‘वर्तमान राजनीतिक परिस्थिति र आवश्यकतालाई मध्यनजर राख्दै सहकार्य÷एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्याउन उच्चस्तरीय वार्ता समिति गठन गरिएको छ,’ ठाकुरले भनेका छन् । यो समितिले मधेसमा क्रियाशील विभिन्न राजनीतिक दलसँग तत्काल संवाद अघि बढाउने वरिष्ठ उपाध्यक्ष कर्णले बताए ।
‘यसअघि गठन गरिएको समितिले गरेका कामहरूको पनि अपनत्व लिँदै वार्ता अघि बढाउनेछौं । यथाशीघ्र सहकार्य र एकतालाई निष्कर्षमा पुर्याउनेछौं,’ उनले भने । गत पुस २१ गते जितेन्द्र सोनलको नेतृत्वमा गठन भएको वार्ता समिति खारेज गरिएको लोसपाले जनाएको छ ।