आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा दुई युवक पक्राउ


२०८१ माघ ५ शनिबार ०४:५८ बजे

दाङ । दाङमा शिकार खेल्न जाँदा लडेर मृत्यु भएको भनिएका एक युवाको हत्या भएको खुलेको छ । जंगलमा सिकार खेल्न गएका बेला गोली लागेर दाङमा एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।

कुसारीको गोली हानी हत्या गरेको अभियोगमा शनिबार दंगीशरण– २ का छविलाल डांगी र पुष्प बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । उनीहरूको साथबाट एउटा भरूवा बन्दुक पनि बरामद भएको तिमिल्सिनाले जानकारी दिएका छन् । 

बिहीबार शिकार खेल्न तीन जना स्थानीय जंगलमा गएका थिए । जंगलमा गोली लागेर घाइते भएका कुसारीलाई साथीहरूले रूखबाट खसेर घाइते भएको बताएका थिए । कुसारीको उपचारका क्रममा शुक्रबार नेपालगञ्जमा मृत्यु भएको हो । मृत्युपछि शनिबार दाहसंस्कार गर्ने तयारी भैरहेका बेला गोली लागेको सूचना पाएपछि प्रहरीले रोकेर अनुसन्धान थालेको एसपी तिमिल्सिनाले बताए । पोष्टमार्टम गर्दा शरीरमा गोलीका छर्रा फेला परेको उनले जानकारी दिए । घटनाबारे अझै अनुसन्धान भैरहेको एसपी तिमिल्सिनाले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७