नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा


२०८१ माघ ५ शनिबार ०४:५८ बजे

काठमाडौँ । इरानलाई पराजित गर्दै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई  ७२–२० ले हरायो। अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

यसअघिको खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो । 

नेपाली महिला टोलीले हिजो भएको क्वार्टर फाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो। यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वार्टर फाइनलमा पुगेको थियो । नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोलीले अब आजै हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ । प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७