नेपाल महिला टोली खो खो विश्वकपको फाइनलमा


२०८१ माघ ५ शनिबार ०१:१४ बजे

काठमाडौं । नेपाली खो खो महिला टाेली विश्वकपको फाइनलमा पुगेको छ । भारतमा जारी विश्वकपमा शनिवार युगान्डालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । 

नयाँदिल्लीमा रहेको इन्दिरा गान्धी हलमा भएको खेलमा नेपालले सेमिफाइनल खेलमा युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गरेको हो । अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबीचको विजेता टोलीसँग सामना गर्नेछ । 

नेपालले ऐतिहासिक फाइनलमा पुग्दासम्म अपराजित रह्यो । जसमा हालसम्म भएका सबै ६ खेलमा जित निकालेको हो। यसअघि समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का, बाङ्लादेशलाई नेपालले पराजित गरेको थियो ।  क्वार्टर फाइनलमा इरानलाई १०३–८ अङ्कको अन्तरले हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।  यस्तै नेपालको पुरुष टोली पनि सेमिफाइनलमा पुगेको छ । जहाँ शनिवारै इरानसँग प्रतिस्पर्धा गर्नेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७