२५ प्रतिशतले संसद वैठक बोलाउन मिल्छ, भोलि–पर्सी नै बोलाउँछौं : अग्नि सापकोटा


२०८१ माघ ५ शनिबार ०१:०३ बजे
फाइल फोटो

सिन्धुपाल्चोक । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद नबोलाए केही दिनमै विशेष अधिवेशन बोलाउने चेतावनी दिएका छन् । पूर्व सभामुख समेत रहेका सापकोटाले यस्तो संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै रहेको उनले बताए ।

 विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको र सात वटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि उनले जिकिर गरे । सदन बोलाएको पहिलो दिन नै आफूहरूले आगो बाल्ने उनको दाबी छ । उनले भने, ‘हाम्रो ३२ जनाले सातै प्रदेशमा आगो बाल्ने छ ।’ उनले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७